महिला सहयात्राको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

महिला सहयात्राको लाभांश घोषणा



काठमाडाै । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।


संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।


संस्थाकाे माघ ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : ८ माघ २०७७, बिहीबार ११:२८