एनआईसी एशिया बैंकको बोनस सेयर लगानीकर्ताको खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनआईसी एशिया बैंकको बोनस सेयर लगानीकर्ताको खातामा



काठमाडाै । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।

बैंकको मंसिर २१ गते, आइतबार सम्पन्न भएकाे २३औं वार्षिक साधारण सभाले पारित गरेकाे १९ प्रतिशत बाेनस शेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् मंसिर ९ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा पनि सूचीकृत भइसकेको छ ।

त्यसैगरी, बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । बैंककाे शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहीबार १२:४४