राष्ट्रिय वाणिज्य बैंकले १५औं वार्षिक साधारण सभा माघ २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय वाणिज्य बैंकले १५औं वार्षिक साधारण सभा माघ २८ गते



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १५औं वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । हाल संस्थापक लगानीकर्ताको मात्र स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी २ दशमलव ५० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

सभा बैंकको केन्द्रिय कार्यालयमा अपरान्ह २ बजेदेखि भर्चुअल माध्यमबाट गर्ने तयारी गरिएका हो । सभाले लाभांश प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ ।

साथै बोनस शेयरपश्चात चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

प्रकाशित : ८ माघ २०७७, बिहीबार १४:२८