नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित



नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट लगानीकर्तालाई दिने घोषणा गरेको १८.५ प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकको आज बसेको ३४औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । साधारणसभा भर्चुअलरुपमा आयोजना गरिएको थियो ।

पारित लाभांशमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

वर्ष बैंकले ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १ खर्ब ५२ अर्ब रुपैयाँबाट वृद्धि भइ १ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १ खर्ब २७ अर्बबाट वृद्धि भइ १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले मुलुकभर ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टर सञ्चालन गरिरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

साधारणसभामा आर्थिक वर्ष २०७६÷७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

प्रकाशित : ८ माघ २०७७, बिहीबार १४:५३