तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीको साधारणसभा सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीको साधारणसभा सकियो



काठमाडौं । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पौष २९ गते समापन सभा गरेको हो । संथाले २४ गतेदेखि सदस्यता सहभागी सभा संचालन गरेको थियो । सभामा संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए ।

उनले कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लामो बन्दाबन्दीका बीचमा पनि सदस्यता, चुक्ता पूँजी, बचत संकलन र ऋण लगानीमा वृद्धि गर्न संस्था सफल भएको बताए । संस्थाले गत आवको असार मसान्तसम्म ६९ करोेड ५१ लाख २८ हजार पूँजी पु¥याउन सफल भएको बताए । संस्थाले ४७ करोड ५८ लाख २४ हजार, बचत संकलन ५६ करोड ९७ लाख ८० हजार, ऋण लगानी ६ करोड ३० लाख ७५ हजार चुक्ता पूँजी र ६ हजार १७३ सदस्यता पुर्याएको जनाए ।

संस्थाले नैकापमा कृषि फर्म समेत सञ्चालन गरी उत्पादन क्षेत्रमा लगानी शुरु गरेको जनाए । संस्थाले सदस्य हितकोष कार्यक्रम सञ्चालन गरी सदस्यको मृत्यु हुँदा परिवारलाई राहत, स्वास्थ्योपचार र अल्पकालिन सापटी सुविधा उपलब्ध गराउँदै आएको बताए ।

संस्थाको प्रकृति अनुसार कृषि, उद्योग, स्वास्थ्य, पर्यटन एवं सेवा क्षेत्रमा सम्भाव्यता अध्ययन गरी लगानी गर्ने योजना अघि सारेको जानकारी दिए ।

त्यसैगरी अन्य सहकारी संस्थासँगको सहकार्य र संयुक्त लगानीका परियोजना सञ्चालन गर्ने, सदस्यता विस्तारका लागि विशेष योजना बनाउने, पूँजी वृद्धि गर्ने, संस्थाको भवन निर्माणका लागि जग्गा खरिद गर्ने र कार्यक्षेत्र भित्रका सामाजिक संस्थासँग सहकार्य गरी सामाजिक कार्यहरु सञ्चालन गर्ने तथा सदस्यहरुलाई सहकारी शिक्षा, लघुवित्त कार्यक्रम समेत सञ्चालन गरेको जनाए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्य तथा जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष ज्ञान बहादुर तामाङ्ग र नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघका संचालक पार्वती थापाको आतित्थ्यतामा सभा सम्पन्न गरेको थियो ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार १५:५०