नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेसबिच एकिकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेसबिच एकिकृत कारोबार



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र सिटी एक्सप्रेस फाइनेन्स कम्पनी लिमिटेडबीच आइतवारदेखि एकिकृत कारोबार गरेका छन। संयुक्त आपरेशनहरू तीन शाखा बाट सञ्चालन गरिने बैंकले जनाएको छ । घन्टाघर, बिर्तामोड र गाईघाटबाट मात्र कारोबार हुने बैंकले जानरकारी दिएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित : ११ माघ २०७७, आईतवार १५:१८