मेगा ड्रिम बहुउद्देश्यीय सहकारी ११ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी ११ वर्षमा प्रवेश



काठमाडाै । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ ।

५ लाख पूँजीबाट सुरु भएको मेगा ड्रिमको चुक्ता पूँजी १४ करोड पुगेको स‌स्थाले जानकारी दिएको छ । संस्थाको कुल वासलात १ अर्ब ७० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले जानकारी दिए ।

संस्थामा ११ हजार सदस्य आवद्ध भएका छन् । संस्थाको प्रधान कार्यालय बालाजु माछापोखरी सहित चावाहिल, जोरपाटी, न्युरोड, कालिमाटी सेवाकेन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाबाट १ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

११ औं वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंको थानकोटमा सदस्य सेवा केन्द्र विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृत गेलालले जानकारी दिए ।

केही दिनभित्रै सेवा केन्द्रबाट सेवा सुरु गर्ने बताए । संस्थाले बचत तथा ऋणको काम गर्दै अन्य बहुउद्देश्यीय काम गर्ने तयारी समेत गरेको बताए । ‘हामी बहुउद्देश्यीय परियोजनाको खोजीमा छौं’, गेलालले भने , ‘उपयुक्त परियोजनामा संस्थाबाट लगानी गर्ने छौं ।’

२०६७ माघ ११ गते दर्ता भई सञ्चालनमा आएको मेगा ड्रिम हाल काठमाडौंकै उत्कृष्ठ सहकारी संस्थाको परिचय बनाएको छ ।स्थापना कालमा बचत तथा ऋण सहकारीको रुपमा रहेको संस्था २०७२ सालबाट उद्देश्य परिवर्तन भई बहुउद्देश्यीय कायम भएको हो ।

प्रकाशित : ११ माघ २०७७, आईतवार १५:५६