मोलुङ्ग हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

मोलुङ्ग हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने



काठमाडाै । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने प्रस्तावसहित ११औं वार्षिक साधारण सभा फागुन ६ गते गर्ने जनाएको छ ।

कम्पनीको माघ ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अउक्त सभाको मिति तय भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय,रविभवन, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने तथा आइपिओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साथै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ११:०५