ग्लोबल आइएमई र भण्डारा दूग्ध सहकारी बीच समझदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

ग्लोबल आइएमई र भण्डारा दूग्ध सहकारी बीच समझदारी



काठमाडौं । ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने समझदारी भएको छ ।

समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुखविदुर ज्ञवाली र भण्डारा दूग्धउत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलको उत्पादन गर्ने कृषकलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने छ । भण्डारा दूग्धउत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्ने छ ।

प्रकाशित : १२ माघ २०७७, सोमबार २०:२१