बुद्धभुमी नेपालले आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

बुद्धभुमी नेपालले आइपिओ जारी गर्ने



काठमाडाै । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधरण सेयर (आइपिओ) निष्काशन गर्ने प्रस्तावसहित तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।


कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा फागुन ७ गते शुक्रबार कम्पनीको रजिष्टर कार्यालय, महाराजगंज, काठमाडांैमा दिउँसो ३ बजे सुरु हुनेछ ।


सभामा प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

प्रकाशित : १३ माघ २०७७, मंगलवार १०:०७