कांग्रेस केन्द्रीय समिति बैठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारविरूद्ध भइरहेका आन्दोलनको समीक्षा र भावी कार्यक्रम, पार्टीको महाधिवेशन तयारी तथा प्रदेशमा नेकपाकै दाहाल-नेपाल समूहले पेस गरेको अविश्वास प्रस्तावमा के गर्ने भन्नेबारे छलफलको तयारी भएको छ ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहँदा कांग्रेस केन्द्रीय समिति बैठक पुष १९ गतेपछि पटकपटक स्थगित हुँदै आएको छ । विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् ।

तेसो त वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको देउवा इतर समूहका नेताहरुको बैठकले मंगलबारको केन्द्रीय समितिको बैठकबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न सभापति देउवालाई दबाव दिने निष्कर्ष निकालेको थियो ।

सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले अहिल्यै आन्दोलनमा जानु उपयुक्त नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रकाशित : १३ माघ २०७७, मंगलवार १०:११