प्रभु बैंकको नाफा ३९.८७ प्रतिशतले बढ्यो , अन्य सूचकको अवस्था कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु बैंकको नाफा ३९.८७ प्रतिशतले बढ्यो , अन्य सूचकको अवस्था कस्तो छ ?



काठमाडाै । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३९.८७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ९.७२ प्रतिशतले धेरै हाे । 

त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले २ अर्ब १४ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ४२.७३ प्रतिशतले धेरै हाे । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ११ अर्ब ३४ करोड रुपैयाँ, शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ रहेकाे छ । यस्तै, बैंककाे प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा र प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेकाे छ । 

प्रकाशित : १४ माघ २०७७, बुधबार १०:४५