ग्लोबल आइएमई बैंकको नाफा ३७.३२ प्रतिशतले बढ्यो?



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे अधिकांश सूचकहरूमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३७.३२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३४.४६ प्रतिशले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ३६.६६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब ३६ करोड ९० लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

पहुँचका आधारमा डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका छन् ।

मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडाै । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको