प्रभु बैंकको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु बैंकको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री



parbhuकाठमाडौं  । प्रभु बैंक लिमिटेडले हकप्रदमा नबिकेको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । ग्राण्ड बैंकसंग मर्जर गरि एकिकृत कारोबार सुरु गरेको प्रभुले संस्थापक तर्फको १ लाख ५७ हजार २ सय ७१ र सर्वसाधारण तर्फको १ लाख ८४ हजार ६ सय १४ कित्ता गरि कुल ३ लाख ४१ हजार ८ सय ८६ कित्ता शेयर लिलामीमा राखेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्रोमर मर्चेण्ट बैंकर रहेको छ । संस्थापक तथा साधारण शेयरका लागि प्रतिकित्ता न्युनतम बोलकबोल मुल्य १ सय रुपैंया तोकेको छ । इच्छुक आवेदकले प्रति आवेदन १ सय रुपैंयाका दरले फारम लिन सकिने बताइएको छ ।

बोलपत्र आवेदन जेठ ३२ देखि खुलेर असार १५ गते बन्द हुनेछ । प्रभुले लिलाम बन्द भए पछि लिलामीमा राखिएको संस्थापक शेयरको बाँडफाँड असार १६ गते बिहान ११ बजे तथा सर्वसाधारणको सोही दिन मध्यान्ह १ बजे प्रभु बैंकको कमलादी शाखामा खोलिने बैंकले जनाएको छ ।
तत्कालिन प्रभु बैंकका शेयरधनीका लागि ५ बराबर १ कित्ताका दरले ६४ लाख १७ हजार ७ सय ७० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

हाल शेयर कारोबार रोक्का रहेको प्रभुको ग्राण्डलाई मर्ज गर्ने क्रममा शेयर कारोबार रोकिनु अघि प्रतिकित्ता ४ सय १५ रुपैंयामा किनबेच भएको थियो ।

प्रकाशित : १६ जेष्ठ २०७३, आईतवार १२:२७