सहकारी बैककाे नाफा २८.४७ प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सहकारी बैककाे नाफा २८.४७ प्रतिशतले बढ्याे



चालू आर्थिक वर्षकाे दाेस्राे त्रैमासमा राष्ट्रिय सहकारी बैककाे नाफा २८.४७ प्रतिशतले बढेर ३५ कराेड ३३ लाख ६६ हजार रुपैयाँ पुगेकाे छ । बैंकको नाफा गत अावकाे साेही अवधिमा २७ कराेड ५० लाख ४३ हजार रहेको थियाे ।

याे अवधिमा बैंकको नाफा बढ्न खुद ब्याजआम्दानीले सहयाेग गरेकाे प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । गत आवकाे पुस मसान्तमा ५३ कराेड ५ लाख ६२ हजार रुपैयाँ रहेकाेमा चालू आवकाे साेही अवधिमा ७६ कराेड ६९ लाख ४२ हजार रुपैयाँ पुगेकाे छ ।
यता बैंकको संचालन मुनाफामा भने गिरावट आएकाे छ । गत आवकाे दाेस्राे त्रैमासमा २१ कराेड १० लाख २४ हजार रुपैया रहेकाेमा चालू आवकाे साेही अवधिमा घटेर ११ कराेड ४३ लाख २ हजारमा सिमित बनेकाे छ ।
२ अर्व ८३ कराेड २ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी रहेकाे बैंकको जगेडा काेषमा १ अर्ब ३ कराेड ८९ लाख २४ हजार रुपैयाँ रहेकाे छ ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ०९:१९