नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे आइपिओ बाँडफाँड ,५० कित्तासम्म माग गर्नेले माग अनुसार नै पाए



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) को बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा शुक्रबार  शेयर बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ ।
त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका छन् । भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापटलले जनाएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन