काठमाडौंको तारकेश्वरमा टर्की र हाँसमा बर्डफ्लू भएको पुष्टि



काठमाडौं । नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

विभागले शनिबार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ ।

बर्डफ्लू पुष्टि भएसँगै फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

रोग अन्यत्र फैलन नदिन बर्डफ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पंछी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकिएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि अनिवार्य स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अपनाउन, फार्मलाई नियमित निसंक्रमण गर्न तथा कुनै पंक्षी बिरामी परेमा वा मरेमा पशु सेवाका निकायमा सूचना गर्न विभागले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्धि

काठमाडाैंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

प्रकाशित मिति २०७८ असार १ देखि