गरिमा विकास बैंकद्धारा नयाँ कर्जा सुविधाहरु सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

गरिमा विकास बैंकद्धारा नयाँ कर्जा सुविधाहरु सार्वजनिक



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ ।

बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत ‘Garima Easy SME Loan’ र ‘Garima Easy Home Loan’ सार्वजानिक गरेको हो । विषम परिस्थितिमा वढ्दो वेरोजगार तथा उद्यमीहरुको उद्यमशिलतामा समेत ह्रास आएको वेलामा उद्यमीहरुलाई सरल र सहज तवरबाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उद्यमशिलताको विकास सँगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनी बजारमा थप आक्रमक तवरवाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

दुबै कर्जा सुविधाहरु ८.८८% ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शतप्रतिशत ‘Garima Easy SME Loan’ लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत ‘Garima Easy Home Loan’ मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवाशुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुबिधा पाउन सकिने छ ।

हाल बैंकले १०६ शाखाकार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

प्रकाशित : १७ माघ २०७७, शनिबार २०:५६