चुनाव खर्चका लागि निर्वाचन आयोगले सरकारसंग ७ अर्ब माग्यो



काठमाडौं । सरकारले घोषणा गरेको आगामी बैशाखमा हुने मध्यावधि चुनाव खर्चका लागि निर्वाचन आयोगले सरकारसंग ७ अर्ब रुपैयाँ माग गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले सरकारसंग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापनमा मितव्ययिता अपनाउने कार्यविधि बनाएको पनि आयोगले जनाएको छ ।आयोगले निर्वाचनमा अधिकृत र कर्मचारी संख्या पनि न्यूनतम राख्ने

निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी संख्या पनि न्यूनतम हुने आयोगले बताएको छ ।सरकारले आगामी २०७८ वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत कस्को कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २ वटा कम्पनीकाे सेयर सूचिकृत

पैसाको जोहो गर्दै गर्नुस, एक अर्ब पाँच करोड बराबरको आइपिओ आउँदै छ

काठमाडाै । साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको

निफ्राको सेयरको माग उच्च, बिक्रेता शुन्य

काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरको माग दोस्रोबजारमा उच्च देखिएको छ

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घाेषणा

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे