सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियनमा विशेष छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियनमा विशेष छुट पाउने



काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले सुन्धारास्थित होटल मेरिडियनको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् ।

सिटिजन्स बैंकका ग्राहकलाई मेरिडियन होटलमा विशेष छुट दिने समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हाे । यो सम्झौतापछि बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले उक्त होटलमा विशेष छुट पाउने बैंकले जाएको छ ।
यस्तो सम्झौताले आफ्ना ग्राहकले विशेष लाभ प्राप्त गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार १९:४३