सनराईज बैंकबाट जनक शर्मा आउट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सनराईज बैंकबाट जनक शर्मा आउट



काठमाडौं । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट जनक शर्मा पौडेलले राजिनामा दिएका छन् ।

विवादकाबीच लामो समयदेखि सीईओ शर्माले सनराईज बैंकमा रहेर काम गर्दै आएका थिए । सीईओकै विषयलाई लिएर बैंकमा व्यवस्थापन र संचालकबीच विवाद समेत बढेको थियो । जसको समाधानमा लागि नियामक निकाय राष्ट्र बैंकलाई समेत गुहार्नु परेको थियो ।

विवाद समाधानकै लागि राष्ट्र बैंकले पहिलो पटक संचालकहरु र सीईओ दुबै पक्षलाई छलफलमा बोलाएर विवाद समाधान गरिदिएको थियो । तर पछिल्लो पटक सीईओले संस्थागत हितमा काम नगरेको भन्दै संचालकहरु राष्ट्र बैंक समक्ष डेलिगेशन समेत गएका थिए ।

प्रकाशित : २७ माघ २०७७, मंगलवार १५:५६