भ्यालेन्टाइन्स डेको अवसरमा एनआईसी एशिया बैंकको आकर्षक अफर



काठमाडौँ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन्स डेको अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ‘Celebrate Love with NIC ASIA Bank’ भन्ने योजना सार्वजनिक गरेको छ ।

यस योजना अनुसार बैंकले ग्राहकहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, QR भुक्तानी तथा IPG Gateway च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने हेतुले डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डेको दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

बैंकले माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत त्तच् कोड स्क्यान गरी कारोबार गर्नुहुने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्नुहुने, डेबिट वा क्रेडिट कार्डमार्फत POS द्वारा भुक्तानी गर्नुहुने र ई–कमर्शमार्फत कारोबार गर्नुहुने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकलाई गोलाप्रथामार्फत छनौट डिनरको लागि समावेश गरिनेछ । योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहक महानुभावहरूलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट हुनुभएका ग्राहक महानुभावहरूको लागि उहाँहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिनेछ । उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ ।

त्यसैगरी, नयाँ ग्राहकलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नुहुने मध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
‘ सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौं ’

काठमाडौं ।वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पु¥याउने ऐनहरुलाई संशोधनका

दश कित्ते नीति परिवर्तन गर्ने तयारी

काठमाडाै । प्राथमिक शेयर (आइपीओ) वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

काठमाडौ । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल

१४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीको बोनस सेयर