स्थानीय तहले पाएको अधिकार विश्वमै उत्कृष्टः मन्त्री ठगुन्ना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्थानीय तहले पाएको अधिकार विश्वमै उत्कृष्टः मन्त्री ठगुन्ना



चितवन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले स्थानीय तहलाई दिइएको संवैधानिक अधिकार विश्वमै उत्कृष्ट रहेको बताएका छन् ।


चितवनको सौराहमा बागमती प्रदेशका कार्यकारी अधिकृतहरूको भेलालाई संवोधन गर्दै भने , “संवैधानिक अधिकारका हिसाबले नेपाल विश्वमै उत्कृष्ट छ । विश्वका कयौँ संघीय मुलुकहरूलाई प्रदेशमातहत राखिएको छ । त्यसैले यो अवसरलाई हाम्रा स्थानीय सरकारहरूले उपयोग गर्नु पर्दछ ।” विकसित देशहरूमा पनि कानून बनाउने अधिकार स्थानीय तहलाई नरहेको उनले बताए ।


उनले संघीयतामा गए पछि स्थानीय सरकारहरूको आर्थिक अवस्था बलियो भएको पनि बताए । तर कतिपय स्थानीय तहमा सुशासनको समस्या र प्राप्त अधिकारको दुरुपयोगबारे उनले चिन्ता व्यक्त गरे ।


“२०५४ सालमा म दार्चुला जिविसको सभापति हुँदा जिविस र जिल्लाभरका सबै गाविसको बजेट मुस्किलले १ करोड रुपैयाँ हुन्थ्यो । अहिले एउटै पालिकाले ६०÷७० करोड रुपैयाँ बजेट परिचालन गर्छन्,” उनले भने, “यो उपलब्धि संघीयताले गर्दा भएको हो । त्यसैले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यले यो प्राप्त अधिकारको रक्षा गर्नुपर्दछ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले पनि स्थानीय सरकारहरूले सुशासनलाई जोड दिनु पर्ने बताए । अर्यालले भने , “अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये ३३ प्रतिशत स्थानीय तहको छ । यसले स्थानीय सरकारहरूमा आर्थिक सुशासनको अवस्था कमजोर रहेको देखाउँछ । त्यसैले सुशासनलाई कायम राख्न कुनै कसर बाँकी राख्न हुन्न ।”

प्रकाशित : २ फाल्गुन २०७७, आईतवार ११:३२