सिभिल लघुवित्तको लाभांश स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल लघुवित्तको लाभांश स्वीकृत



काठमाडौं । सिभिल लघुवित्तले यस वर्षको लागि प्रस्ताव गरेको ३ दशमलव ६८ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस शेयर र ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपश्चात कम्पनीलाई उक्त लाभांश आगामी साधारण सभाको लागि पेश गर्ने वाटो खुला भएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलवार १४:०७