ग्लोबल आइएमई बैंकको नयाँ शाखा मनाङ बजारमा



काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–४ मनाङ बजारमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुआतसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ।


ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ।


त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाले भन्यो खोप सकियो, अब अर्को सूचना पर्खनु

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात

कुमारी इक्विटी फण्डको लाभांश घोषणा

काठमाडाैं । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी

पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

प्रकाशित मिति २०७८ असार १ देखि