लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा



काठमाडाै । लक्ष्मी बैंकले एफ्-वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन एक कर्जा-रुपी-सेवा (Lending-as-a-Service) हो ।


जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन्। कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ।


हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ।


आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो। यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागज(पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व-स्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ ।

सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता

आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई

महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडाै । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ले गरेको आर्थिक ऐन, २०७७ को