उपभोक्ता मारा आयल निगम ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

उपभोक्ता मारा आयल निगम !



काठमाडाै । पछिल्लो राजनितिक अवस्थाको फाइदा उठाउदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो।

अब उपभोक्ताले पेट्रोल लिटरको १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेल ९७ रुपैयाँ तिर्नुपर्नेछ। गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो।

निगमले एक महिनाको अवधिमा यो तेस्रो पटक मूल्य वृद्धि गरेको हो। माघ ६ गते निगमले तेलको मूल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

संस्था उच्च घाटामा गएको भन्दै माघ २८ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको निगमले एकसात भित्रै फागुन ४ गते पुनः मूल्य बढाएको छ । अग्रेजी महिनाअनुसार प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले पछिल्लो समय आफुअनुकुल मूल्य वृद्धि गर्दै आएको थियो ।

तर, निगमले लकडाउनको समय अन्तरािष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य न्यूत विन्दुमा आईपुग्दा पनि ४ महिनासम्म मूल्य समायोजन नगरी उच्च नाफा कमाएको थियो । तर अहिले भने घाटामा गएको भन्दै हप्तामै दुई पटक मूल्यवृद्धि गरेको छ । जनतालाई कहिल्यै राहत नदिने संस्थाको रुपमा निगम परिचित छ । जसले एकाधिकारपूर्ण व्यापार गर्दै आएको छ ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार १४:४३