प्रदेश न १मा लगानी गर्दै निफ्रा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र प्रदेश नं. १ को सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरणबीच सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्राधिकरणसँग समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

यो समझदारीपत्रको मुल उद्देश्य प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको बैंकले उल्लेख गरेको छ ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं। १ सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामि दिनमा मुलुकका अन्य प्रदेश सरकारहरु एवं स्थानीय निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाउजेको सातौ शोरुम चाबहिलमा

काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

पहुँचका आधारमा डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका छन् ।

मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडाै । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१