अजोडका लगानीकर्ताले यस बर्ष लाभांश नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोडका लगानीकर्ताले यस बर्ष लाभांश नपाउने



काठमाडौं । गत साउन ४ गते सर्वसाधारणमा आइपीओ बाँडफाँट गरेको अजोड इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण स्वीकृतिको लागि बीमा समितिमा पठाउँने निर्णय गरेपनि लाभांश सम्बन्धि कुनै पनि निर्णय गरेको छैन् ।

कम्पनीको माघ २१ गतेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धि कुनै निर्णय नगरेको हो । यस कम्पनीले सर्वसाधारणमा रू. ३० करोड बराबरको शेयर जारी गरी चुक्तापूँजी रू. १ अर्ब कायम गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६३ लाख र बीमा कोष रकम रू. ८ करोड २७ लाख छ । कम्पनीले यो अवधिसम्म रू. ४ करोड ६ लाख खुद नाफा गरेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार १०:०७