फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध



काठमाडाै । फेसबुकले अष्ट्रेलियाका प्रयोगकर्ताका लागि आफ्नो प्लेटफर्ममा कुनै पनि समाचार सामग्री हेर्न र सेयर गर्न रोक लगाइदिएको छ । यसका कारण अष्ट्रेलियामा मानिसहरुले सूचना हासिल गर्न समस्या भइरहेको छ । अष्ट्रेलियाका मानिसहरु जब बिहिबार बिहान उठे तब फेसबुकमा स्थानीय र विदेशी सबै समाचारका वेबसाइट बन्द थिए ।

यहाँसम्म कि बिहिबार सरकारका स्वास्थ्य र आपतकालीन फेसबुक पेज पनि बन्द थिए । यद्यपि, पछि फेसबुकले यी पेज भने खुल्ला गरिदियो । अष्ट्रेलियाको सरकारले यो प्रतिबन्ध फेसबुकको विश्वसनीयताका लागि खतरा भएको बताएको छ । जो अष्ट्रेलियाभन्दा बाहिर छन्, उनीहरु पनि अष्ट्रेलियाली समाचार प्रकाशनलाई फेसबुकमा देखिरहेका छैनन् ।

अष्ट्रेलियाका प्रतिस्पर्धा नियामकले आफूहरुले गुगल र फेसबुकजस्ता टेक कम्पनी र प्रकाशकबीच नाफालाई सन्तुलित गर्न चाहेको बताएका छन् । यस्तै फेसबुकले आफूलाई दुई कडा विकल्पको बीचका छोडिएको बताएको छ । फेसबुकका अनुसार आफूलाई एउटा यस्तो कानून पालना गर्न बाध्य गरिएको छ जसले वास्तविकता र सम्बन्धलाई उपेक्षा गरिरहेको छ र अर्को अष्ट्रेलियामा समाचार सामग्रीलाई आफ्नो प्लेटफर्ममा साझा गर्न वा हेर्ने अनुमति नदिने विकल्प दिइएको छ ।

अष्ट्रेलियाका प्रकाशकलाई पनि आफ्नो फेसबुक पेजमा कुनै पनि लिंक सेयर गर्नबाट रोक लगाइएको छ । द नेशनल ब्रोडकास्टर, एबीसी, द सिड्नी मर्निङ हेराल्ड र द अष्ट्रेलियनका लाऔं फलोअर्स फेसबुकमा छन् ।

फेसबुकका अनुसार आफूले रेफरलमार्फत् अष्ट्रेलियाका प्रकाशकलाई ३१.६ करोड डलर कमाउन मद्दत गरेको थियो जबकी उसको समाचारमार्फत् निकै कम कमाई भएको छ ।
अष्ट्रेलियाको यो कानूनमार्फत् फेसबुक र गुगलजस्ता कम्पनी समाचार सामग्रीका लागि पैसा भुक्तानी गर्न बाध्य हुनेछन् ।

यदि यो कानून लागू हुन्छ भने टेक कम्पनीका लागि यसको अन्तरराष्ट्रिय महत्व हुनेछ । समाचारसम्म मानिसहरुको पहुँचको विषयमा पनि विभिन्न प्रकारको बहस जन्म लिन सक्छन् । तर फेसबुकले यसको प्रतिक्रियामा अष्ट्रेलियामा समाचार सामग्री आफ्नो प्लेटफर्ममा आउनबाट रोक्ने निर्णय लिएको छ ।

मिडियाका संस्थामा टेक कम्पनीको दबदबा बढिरहेको भन्ने विषयमा लामो समयदेखि चिन्ता जताइँदै थियो । अष्ट्रेलियामा गुगलको दबदबा छ । त्यहाँको सरकार यसलाई उपयोगी र आवश्यक साधनको रुपमा हेर्छ तर यो विषयमा कुनै प्रतिस्पर्धा छैन ।

सन् २०१८ मा अष्ट्रेलियाली सरकारको नियामकले एक अनुसन्धान गर्यो । यो अनुसन्धानमा मिडिया र विज्ञापनमा गुगल र फेसबुकको प्रभावकारी अनुसन्धान गरियो । यो अनुसन्धानमा अष्ट्रेलियाली कम्पिटिशन एण्ड कन्जुमर कमिशनले गुगल र फेसबुक स्थानीय मिडियामाथि भारी परेको पायो । यसै अनुसन्धानमा आचार संहिता बनाउने सिफारिस पनि गरियो ।

बीबीसी

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार १०:४०