ग्रीन लाइफको आइपिओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

ग्रीन लाइफको आइपिओ बाँडफाँड



काठमाडाै । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (फागुन ७ गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे गरिएकाे हो ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्दा भाग्यमानी २ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीकाे आइपिओमा १३ लाख २२ हजार ९ सय ७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेकाे थियाे । जसमध्ये ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको हुनाले १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको क्यापिटलले जनाएकाे छ ।

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार १२:१२