सिवाईसी साकोसको सेवा केन्द्र बाग्लङ बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सिवाईसी साकोसको सेवा केन्द्र बाग्लङ बजारमा



बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङको आयोजनामा बागलुङ बजारमा दुई दिवसीय सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि तालिमको सुरुवात भएको छ ।

संस्थाले सदस्य सेवाकेन्द्र मार्फत आफ्ना सेवाहरुलाई धौलागिरी क्षेत्रमा विस्तार गरिरहेको सेवाकेन्द्र सञ्चालनका लागि गठन गरिएका सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले तालिमको आयोजना गरेको हो ।

तालिम नेफ्स्कूनका पूर्व सञ्चालक एवं प्रशिक्षक ईन्द्र ज्योती पौडेलले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथी पौडेलले सहकारी संस्थाहरुले सहकारीको मुल मर्म अनुसार घरदैलोमा सेवा, सहज सेवा र सदस्यहरुको आवश्यकता अनुसारको सेवा प्रदान गर्नुपर्ने बताएका थिए । कार्यालयहरुलाई व्यवसायीक, समिति उपसमितिहरुलाई दक्ष र कर्मचारीहरुलाई योग्य र सक्षम बनाउन सकेमा मात्र संस्थाको उद्देश्य परिपुर्ति हुने बताउँर्दै पौडेलले सिवाईसीले नेपालमै सबैभन्दा धैरै सहकारी संस्थाहरु एकीकरण गरेर संस्थालाई मजबुत बनाउने अभियानमा आफुलाई अव्वल सावित गरेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले पछि पारे पारिएका मुल प्रवाहमा आउन नसकेका वर्गलाई सहकारी मार्फत विकासको मुल प्रवाहमा ल्याउनका लागि सिवाईसीको स्थापना भएको बताए । उनले पछिल्लो समयमा पैसाको भन्दा पनि मानविय मुल्य गुमीरहेकाले सहकारी संस्थाहरुले पैसासंगसंगै मानविय मुल्य जोगाउने दिशा तर्फ पनि ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

२ दिनसम्म सञ्चालन हुने तालिममा सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको काम कर्तव्य र अधिकार, संस्थाबाट लगानी हुने ऋणको व्यवस्थापन, भाखा नाघेको ऋणको व्यवस्थापन, सहकारी संस्था सञ्चालनमा समिति उपसमितिको भूमिका लगाएतका विषयमा प्रशिक्षक ईन्द्र ज्योती पौडेल र चण्डिप्रसाद शर्मा पौडेलले सहजिकरण गर्ने संस्थाले जनाएको छ ।

सहकारी क्षेत्रमा नेपालमै अव्वल संस्थाको रुपमा आफुलाई सावित गरिसकेको संस्थामा हाल ११२ जना कर्मचारी, २२ वटा कार्यालयहरु, १५ हजार १ सय ६८ जना सदस्य, १ हजार ९ सय बाल बचतकर्ता, २९ करोड ४२ लाख शेयर पुँजी, १ अर्व ३२ करोड बचत, १ अर्व ३ करोड लगानीमा रहिरहेको ऋण, ९ करोड ७२ लाख कोष र १ अर्व ८१ करोड बराबरको कुल सम्पत्ति रहेको छ । पछिल्लो समयमा संस्थाले धौलागिरी क्षेत्रभर आफ्ना सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि सेवाकेन्द्र स्थपनामा निरन्तरता दिईरहेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १०:१८