नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड



काठमाडौं । नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड भएको छ । कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त शेयर बाँडफाँड गरिएको हो ।

कोषले चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने १२ लाख ६ सय ६० जना शेयरधनीहरूलाई कम्पनीको हकप्रद निष्काशनको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार फागुन ६ गते बिहीबार बाँडफाँड गरिएको कोषले जनाएको छ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता

आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई

महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडाै । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ले गरेको आर्थिक ऐन, २०७७ को