नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिजमा नयाँ सञ्चालक समिति चयन



काठमाडौं । कम्पनी सचिवहरुको संस्था नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस)को शनिबार सम्पन्न १५औं बार्षिक साधारणसभाले सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सभाबाट रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चुडामणि पराजुली, भीष्म न्यौपाने निर्विरोध चयन भएका हुन् । घिमिरे, रेग्मी, भट्टराई र खनाल यसअघि पनि सञ्चालक थिए । नयाँ सञ्चालक समितिले अध्यक्ष, उपाध्यक्ष र प्रवन्ध सञ्चालक छान्नेछ ।

नयाँ सञ्चालक समिचि चयन गर्न गर्न अधिवक्ता मुकुन्द्र पौडेललाई निर्वाचित अधिकृत नियुक्त गरिएको थियो । निर्वाचन समितिले फागुन १ गते निर्वाचन कार्यक्रम प्रकाशन गरेकोमा सञ्चालक हुन सात जनाको मात्रै मनोनयन परेको थियो ।

संस्थामा साधारण सदस्य ६५, आजीवन संस्थागत सदस्य नौ र आजीवन व्यक्तिगत सदस्य १३ जना रहेका छन् । सबैलाई भोटिङको अधिकार रहेको छ । चार्टर्ड एकाउन्टेन्टहरुको जस्तै कम्पनी सचिवहरुको पेशालाई व्यवस्थित र नियमित गर्न लागिपरेको यस इन्ष्टिच्युटले सो सम्वन्धी विधेयकको मस्यौदा तयार पार्न सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । हाल कार्यदल गठन भई कम्पनी सचिवसम्वन्धी विधेयकको मस्यौता तयार गर्ने काम भइरहेको छ । चार्टर्ड एकाउन्टृन्टहरुलाई अहिले आईक्यानले नियमन गर्दै आएको छ ।

कानुन आएपछि छुट्टै निकाय गठन भई सो निकायले लिने परीक्षामा पास भई प्रमाणपत्र पाएपछि मात्रै कम्पनी सचिव पेशा अपनाउन पाइने छ । हाल कार्यरत सचिवहरुले पनि प्रमाणपत्र लिनुपर्ने भएकाले उनीहरुले सहजै प्रमाणपत्र पाउन भन्नका लागि कन्भर्जन कोर्ष तयार गर्ने काम भइरहेको सभामा जानकारी दिइयो । उक्त कोर्ष तयार गर्ने काम भइरहेको छ । कन्भर्जन कोर्ष लिइसकेपछि लामो समयदेखि कार्यरत कम्पनी सचिवहरुले परीक्षा लिइरहनुपर्ने छैन् ।

नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिजले भारतको इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (आईएसआई)सँग सहकार्य गरी प्राविधिक सहयोग आदानप्रदान गर्दै आएको छ । अहिले नेपालमा सोसम्वन्धी कानुन निर्माणमा पनि उसले सहयोग गर्दै आएको जानकारी दिइयो ।

एसियाका धेरै मुलुकमा कम्पनी सचिवहरुको नियमन गर्न छुट्टै निकाय गठन भइसके पनि नेपालमा भने हुन सकेको छैन् । इन्ष्टिच्युटले यसअघि पटक पटक अर्थमन्त्रीलाई भेटेर कम्पनी सचिवसम्वन्धी छुट्टै कानुन र नियमन निकाय बनाउन आग्रह गर्दै आएको थियो ।

अहिलेको विश्वव्यापीकरण र प्रतिस्पर्धी बजार अर्थतन्त्रको समयमा नेपालका कर्पोरेट हाउसहरुमा संस्थागत सुशासन कायम गर्न र नेपालका कम्पनीहरुलाई पनि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी बनाउन कम्पनी सचिवहरुको भूमिका अहम हुने भने भएकाले उनीहरुको छुट्टै कानुनबाट नियमन गर्नुपर्ने माग उठाउँदै आएको थियो ।

नेपालले वैदेशिक लगानीको कुरा उठाइरहेको बेला विदेशी लगानीकर्ताहरुले नेपालका व्यवसायिक संस्थाहरुमा कर्पोरेट कल्चर छ छैन् ? लगानीको सुरक्षा र आर्थिक पारदर्शिताका लागि कस्तो व्यवस्था छ ? लेखापरीक्षण कसरी गरिन्छ ? कम्पनी सेक्रेटरीको काम कसरी हुन्छ ? जस्ता कुराहरु हेर्ने भएकाले पनि कम्पनी सचिवको पेशालाई व्यवस्थित गर्नु जरुरी रहेको संस्थाका पदाधिकारीहरुको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि