लाभांश नलिने शेयर धनीलाई मिरमिरेले निकाल्यो यस्तो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लाभांश नलिने शेयर धनीलाई मिरमिरेले निकाल्यो यस्तो सूचना



मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेकाे छ ।

संस्थाले संस्थाकाे विभिन्न वार्षिक साधारण सभाहरूबाट पारित भएकाे नगद लाभांश केही शेयरधनीहरूले हालसम्म नलिएकाे संकलन गर्न अनुरोध गरेकाे हाे ।

यसका साथै, संस्थाले कतिपय लगानीकर्ताहरूले साधारण शेयरकाे हकप्रद निष्कासनकाे समयमा धिताेपत्र खरिदका लागि पेश गरिएकाेमा आशिंक रूपमा शेयर परेका तथा नपरेका लगानीकर्ताहरूकाे फिर्ता हुन बाँकी रकम पनि भुक्तानी लिन बाँकी भएकाे हुनाले उक्त रकम पनि लिन अनुराेध गरेकाे छ ।

शेयरधनीहरुले संस्थाकाे शेयर रजिष्टार नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी नगद लाभांश संकलन गर्न सक्नेछन् ।

त्यसैगरी, लाभांश संकलन नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुनेछ । त्यसैले, संस्थाले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार ११:०६