पैसाको जोहो गर्दै गर्नुस, एक अर्ब पाँच करोड बराबरको आइपिओ आउँदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

पैसाको जोहो गर्दै गर्नुस, एक अर्ब पाँच करोड बराबरको आइपिओ आउँदै छ



काठमाडाै । साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनिको शेयर मध्य ३५ करोड स्थानीय बासीको लागि र बाकी ७० करोड सामूहिक लगानी,कर्मचारी र सर्वसाधरणको लागि निष्कासन हुने छ ।

कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्प’नीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १३:०९