१० लाख डोज काेराेना विरुद्धको खोप काठमाडाैँ आइपुग्यो



काठमाडौं । सरकारले थप १० लाख डोज ‘कोभिशिल्ड’ खोप आज नेपाल ल्याएको छ ।

नेपाल सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको हो । एयर इन्डियाको विमानबाटमार्फत उक्त खोप आज आइतबार नेपाल ल्याइएको हो ।

नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो । सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो । जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो ।

उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ । स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल ल्याइने बताएको छ ।

फागुन २३ गतेदेखि सरकारले सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । उक्त खोप ल्याएसँगै नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको हो । यसपछि नेपालले चीनबाट पनि खोप ल्याउने तयारी गरिरहेको छ । दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समूहलाई प्राथमिकता दिइनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाले भन्यो खोप सकियो, अब अर्को सूचना पर्खनु

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात

कुमारी इक्विटी फण्डको लाभांश घोषणा

काठमाडाैं । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी

पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

प्रकाशित मिति २०७८ असार १ देखि