महिला लघुवित्तको आइपीओ बाँडफाँड यसै साता,भाग्यमानी लगानीकर्तालाई १० कित्ता पक्का



काठमाडाैँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यही साता भित्र बाँडफाँड हुने भएको छ। शनिबारसम्ममा महिला लघुवित्तको आइपीओ बाँडफाँड हुने सम्भावना रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको हो ।

महिला लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आइपीओ निष्कासन गरेको थियो।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ। यसमा मागभन्दा ६० गुणा बढी आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।

यो हिसाबले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्

उदयपुरको लालपत्तामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –०६ लालपत्तामा शाखारहित बैंकिङ्ग सेवा

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला चयन

काठमाडौँ । प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन् ।

प्रकाशित मिति २०७७ चैत १ देखि