नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र बाँडफाँड



काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गते, शुक्रबारबाट फागुन २ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदनहरू प्रशाेधन गर्दा सर्वसाधारणका लागि छुट्याइएकाेमा माग बमाेजिम र व्यक्तिगत तवर मार्फत प्राप्त आवेदनकाे हकमा आंशिक रूपमा हिजाे (फागुन ९ गते, आइतबार) ऋणपत्र बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

यसका साथै, व्यक्तिगत तवर तर्फका आवेदकहरुले आंशिक बाँडफाँडमा परेकाे ऋणपत्र बाहेककाे बाँकी रकम आज (फागुन १० गते, साेमबार) देखि फिर्ता पाउनेछन् ।

बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेकाे थियाे ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १०:३१