सुनको मूल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ८९ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८९ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८८ हजार ५५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा १३३० मा कारोबार भएकोमा आज बढेर तोलामा १३३५ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ११:२६