राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ८ वर्ष अवधिकाे “विकास ऋणपत्र २०८५ (घ)” नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन वा दिन पाइनेछ ।

ऋणपत्रकाे बाेलकबाेल फागुन ११ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । फागुन १२ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८५ साल फागुन १२ गते भुक्तानी हुनेछ ।

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छुट्याइएको छ । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १३:२०