नेपाल फाइनान्स शाखा मुर्गिया बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल फाइनान्स शाखा मुर्गिया बजारमा



काठमाडौं । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो चौथो शाखा बिस्तार गरेको छ । फाइनान्सको नयाँ शाखा रुपन्देही जिल्लाको सैनामैना नपा.को सञचालनमा आएको हो ।


सो शाखाकोे शुभारम्भ संस्थाका संचालक दिप्रश शाक्य गरेका थिए । कार्यक्रममा संस्थाका संचालक राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।

निजि क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा विस २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रिय कार्यालयसहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।

त्यसैगरी नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्ने छ भने १: १.७५ का दरले हकप्रद शेयर जारीका लागि नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरीसकेको छ ।

संस्थाले कास्कीको माच्छापुच्छे« गाउँपालिका, बर्दाघाट सुस्तापूर्वको गैडाकोट, जनकपुरको धनुषाधाम, हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आब.मा संचालनमा ल्याउने गरी तयारी गरिसकेको छ । यससंगै संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ साथै सम्पूर्ण डिजिटल बैंकिग सेवासमेत छिट्टै संचालनमा ल्याउने गरी तयारी गरीसकेको छ ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १६:२०