निफ्रा सेयर ओरालो लाग्यो, बजारमा एकाएक पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निफ्रा सेयर ओरालो लाग्यो, बजारमा एकाएक पहिरो



काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राको कारोबार सुरु भएसँगै सेयर मूल्यमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । आज बैंकको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको हो ।


प्रिओपन सेसन कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बृद्धि भएर ६९३ पुगेको थिया भने नियमित कारोबारको प्रारम्भमा कम्पनीको सेयर मूल्य बढेर ७२६ रुपैयाँ पुगेको थियो ।


तर, बजारमा एकाएक आएको नकारात्मक प्रभावले समग्र सेयर बजार नै राताम्य हुँदा बैंकको सेयर मूल्यमापनि नकारात्मक सर्किट ब्रेक लागेको हो ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार ११:५५