पिलुवा खोला जलविद्युत आयोजना लागि लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

पिलुवा खोला जलविद्युत आयोजना लागि लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण दिने



काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार यसको लागि सम्झौता भएको हो ।

माबिलुङ्ग इनर्जी लिमिटेड संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेको छ । ‍बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व।लगानी रहनेछ ।

यसमा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख लागत रहनेछ । माबिलुङ्ग इनर्जी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच गएको श्रावण ९ गते विद्युत खरिद सम्बन्धि सम्झौता भएको थियो भने श्रावण ९ गते उर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो ।

माबिलुङ्ग इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेश लाल श्रेष्ठ छन् ।

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि। ले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउने बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ ।

साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन् र तिनीहरुको संयुक्त उत्पादन ६९६।१७ मेगावाट रहेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार १३:२२