समाचार सामग्रीमाथि फेसबुकले लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

समाचार सामग्रीमाथि फेसबुकले लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा



काठमाडौं । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा अष्ट्रेलियाका प्रयोगकर्तामाथि आफ्ना समाचार सामग्रीमाथि फेसबुकले लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ ।

फेसबुकले गत बिहिबारदेखि अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न रोक लगाएको थियो ।

अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिनुपर्ने व्यवस्था छ ।

यता फेसबुकले भने आफ्नो समाचारको पहुँच बढाउन प्रकाशकले नै फेसबुकमा समाचार सेयर गर्ने गरेकोले पैसा तिर्ने कानून ल्याउन नमिल्ने बताएको छ ।

एजेन्सी

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार १३:२७