सेयर बजारमा पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेयर बजारमा पहिरो



काठमाडाै । सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार २१.१६ अंकले घटेको हो । हिजो ३२.६७ अंकले घटेको थियो । आज ०.८१ अंकले बजार घट्दा नेप्से परिसूचक २५८६.५१ अंकमा झर्न पुगेको हो ।

आज २०५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपियाँ बराबरको कारोबार भयो ।

आज नेप्से करिव २२ अंकले गिरेको छ भने २ सय ५ कम्पनीको कारोबार भएको छ । त्यस मध्य ४६ कम्पनीको सेयर मूल्य बढेका छ । जसमा ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१ सय १८ कम्पनीको शेयर मूल्य घट्दा ११ कम्पनीके शेयर मूल्य भने यथावत रहेको छ । आज निफ्राको सबै भन्दा धेरै कारोबार भएको छ भने नकारात्मक सर्किट समेत लागेको छ ।

आज ब्यापार बाहेक अन्य सबै उप सूचहरुमा रातो पोतिएको छ । नेप्से घटे पनि कारोबार रकम भने ८ अर्व ५६ कारोड माथि पुगेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार १५:४२