ओलीको निर्णय सर्वाेच्चद्वारा बदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

ओलीको निर्णय सर्वाेच्चद्वारा बदर




काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेको छ। सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै विघटनको निर्णय बदर गरिदिएको हो। 

सर्वोच्चले १३ दिनभित्रै संसद बैठक बोलाउन पनि आदेश दिएको छ ।

प्रधानमन्त्री केपी ओलीले कुनै पनि हालतमा संसद पुनःस्थापना नहुने दाबी गरिरहेको बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद प्ुनःस्थापना गर्न आदेश दिएको हो । ओलीले गएको पुस ५ गते संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेका थिए ।

सर्वोच्चले ओलीको उक्त विघटनको निर्णय बदर गर्दै संसद बैठक बोलाउन आदेश दिएको छ । यससँगै वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचन पनि अब टरेको छ । संसद विघटनविरुद्ध १३ वटा रिट दर्ता भएका थिए ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार १८:३२