बीमा समितिका अध्यक्षको पद धरापमा ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा समितिका अध्यक्षको पद धरापमा !



काठमाडाै । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्माओलीको प्रतिनिधि सभाको विघटन बदर गरेसँगै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालकाे नियुक्ति खारेज हुने संभावना बढेको छ। पुस ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने भएका छन् ।

सरकारले प्रतिनिधिसभाको विघटन पछि विभिन्न राजनीतिक नियुक्ति दिएको थियो । यस्तै प्रदेश दुईको प्रदेश प्रमुख राजेश अहिराजकाे नियुक्ति बदर हुने प्रबल संभावना छ ।

सरकारले अख्तियारका प्रमुख र एक आयुक्त, निर्वाचन आयाेगका दुइ जना आयुक्तहरूलाइ संसद बिघटन भएकाले संसदीय सुनवाइ नगरी नियुक्ति दिएकाे थियाे । पुस ५ अघि नियुक्त भएपनि उनीहरूकाे नियुक्ति खारेजी हुने देखिएकाे छ ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार ०७:५६