बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर



काठमाडाै । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ले गरेको आर्थिक ऐन, २०७७ को दफा २४ मा उल्लेखित “शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हा सम्बन्धी विशेष व्यवस्था” विपरीत बक्यौता करमा ब्याज असुल्न थालेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ता भरतकुमार लकाईंले नेपाल सरकार, मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय, आन्तरिक राजस्व विभााग र आन्तरिक राजसव विभाग प्रशासकीय पुनरावलोकन शाखालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

आर्थिक ऐनमा २०७५ असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण उपर चित नबुझाई प्रशासकीय पुनरावलोकन निवेदन दिइ विचाराधीन वा आन्तरिक राजस्व विभागको निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावेदनमा गई विचाराधीन रहेका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिएमा त्यस्तो निर्धारणबाट कायम भएको आयकर, मूल्य अभिवृद्घि कर, अन्तःशुल्क वापतको कर रकम र सोमा लागेको व्याज २०७७ फागुन मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हा दिइने उल्लेख थियो ।


आन्तरिक राजस्व विभागले २०७७ असार २८ गते निर्णय गरी साउन ८ गते जारी १३ बुँदे निर्देशनमा “मुद्दा फिर्ता भएपछि करदाताले कर निर्धारणबाट कायम भएको कर र सोमा लागेको ब्याज (दाखिला गरेको मितिसम्मको व्याज गणना गरी) बुझाई शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हाको लागि सम्बन्धित कार्यलयमा निवेदन दिनुपर्नेछ” भनेर उल्लेख गरी थप ब्याज लिन थालिएपछि रिट दायर गरिएको अधिवक्ता लकाईंले जानकारी दिए । रिट निवेदनमाथि सर्वोच्चले भोलि बिहीबार पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको

‘ सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौं ’

काठमाडौं ।वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पु¥याउने ऐनहरुलाई संशोधनका

दश कित्ते नीति परिवर्तन गर्ने तयारी

काठमाडाै । प्राथमिक शेयर (आइपीओ) वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

काठमाडौ । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल