कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता



आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै उद्देश्य कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।


कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक श्रीमती ममता हमाल घिमिरेज्यूले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता–पत्र अनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गमा एम .आर .आई, सीटी स्क्यान लगायत अल्ट्रा साउन्ड्् शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सहकारी नेतासंग अर्थमन्त्रीले राखे यस्तो माग

काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले सहकारीको पुँजी उत्पादनशिल क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाउन

१६७८ निको हुँदा, संक्रमित र मृतकको संख्या कति ?

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि

ग्लोबल आइएमई बैंकका कर्मचारीलाई आयो यस्तो खबर,बार्षिक बिदा लिदा यी व्यवस्था अनिवार्य

काठमाडांै । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड

प्रकाशित मिति २०७८ असार १ देखि